काठमाडौं । सरकारले ६७० मेगावाटको जलाशययुक्त दूधकोशी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । बिहीवार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त आयोजना निर्माण सुरु गर्ने जानकारी दिएका हुन् ।
आगामी आर्थिक वर्ष आयोजनाको जग्गाप्राप्तिको काम सकेर निर्माण सुरू गरिने उनले बताए । सरकारले जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख गरेको छ।
सौर्य तथा वायु उर्जालाई समेत जलाशययुक्त आयोजना जसरी सञ्चित गर्ने योजना सरकारले अघि सारेको छ।