काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिकाले किसानको सिँचाइ बापतको विद्युत महसुल भुक्तानी गरेको छ । किसानले खेतीपाती गर्न प्रयोग गरेको कृषि मिटरबापतको रु एक करोड ६० लाख ९८ हजार धनगढीमाई नगरपालिकाले भुक्तानी गरेको हो ।
नगर क्षेत्रका तीन हजार पाँच सय किसानले उपभोग गरेको कृषि मिटरको बिल विभिन्न कारणले तिर्न नसकेर रोकिएकाले एकै पल्ट तिर्दा बढी रकम भएको हो पालिकाले जनाएको छ । यसअघि रु ५० लाख तिरिदिने गरी बजेट छुट्याइएको थियो । तर प्राधिकरणले पूरै बक्यौता रकम भुक्तानी गर्नुपर्छ भनेपछि केही ढिला भएको पालिकाले जनाएको छ ।
विसं २०७९ साउनदेखि २०८१ माघसम्म दुई वर्ष सात महिनाको महसुल भुक्तानी गरेको पालिकाले जनाएको छ ।