काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
मन्त्री खड्काले सिन्धुलीमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै निर्माण कम्पनीलाई यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री खड्काले भने, “आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउनुस्, काम तेकिएकै समयमा सक्नेगरि लाग्नुस्, काम गर्ने स्पिड बढाउनुस्, कार्यप्रगतिको आधारमा बजेटको अभाब हुदैन ।”