सङ्खुवासभा । बाढीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले भोटखोलाको गोलामा रहेको आठ किलोवाट क्षमताको आयोजनाको मुख्य मुहानमा बगाएको हाे ।
बाँध बगाउँदा करिब रु ३३ लाख बराबरको क्षति भएको प्रहरीकाे अनुमान छ । घटना विकट भेगमा परेकाले प्रहरी टोली पैदलमार्ग हुँदै घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।