ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा विद्युतको पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । बाटो निर्माणको सिलसिलामा एस्काभेटरले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर एक जनाकाे मृत्यु भएको हाे ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय रमेश शाहीको रहेकाे प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए।
उक्त घटनापछि आक्रोशित स्थानीयले एस्काभेटरको दायाँपट्टीको सिसा फुटाइदिएका छन् मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाएकाे प्रहरीले जनाएकाे छ ।