रौतहट। रौतहटको गरुडा नगरपालिकाले पनि किसानले सिंचाई प्रयोजनको लागी चलाएको कृषि मीटरको विद्युत महशुल भुक्तानी गरेको छ। जिल्लाको १८ पालिका मध्ये यस अघी मौलापुर, फतुवा बिजयपुर र बौधिमाई नगरपालिकाले नगरवासीको विद्युत महशुल भुक्तानी गर्दै आएको थियो ।
अब गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालको पहलमा यस आर्थिक बर्ष देखि कृषिमीटरको विद्युत महशुल नगरकोषबाट बुझाउन सुरु गरिएको हो।
वडा १ देखि ८ सम्मका कृषक द्वारा सिंचाईका लागि जडान गरिएका कृषिमिटरको विद्युत महशुल १० लाख ३२ हजार ४७९ रुपैयाँ नेपाल विद्युत प्राधिकरण गौर शाखामा सोमवार बुझाएको मेयर जैसवालले बताएका छन्।
छुटेका वडा ९ को सेवा केन्द्र अर्थात विद्युत प्राधिकरण शाखा चन्द्रपुर रहेकोले सोको भुक्तानी केही दिन भित्रै गरिने उनले जानकारी दिएका छन्।
गरुडा नगरपालिकाको आर्थिक वर्ष ०८१/०८२ को बजेटमा प्रस्तुत गरिएको प्रतिबद्धता अनुसार कृषि मीटरको विद्युत महशुल भुक्तानी गरिएको हो, कृषि मिटर लिएका किसानहरूको पहिला देखि बाँकि रहेको कृषि मिटरको बिल समेत समेटिएको प्रमुख प्रशासकीय अधिकृत उस्ताख आलमले बताए ।
गि प्रयोग गरिने कृषि मिटरको विद्युत महशुल तिर्दै आएको छ।