दाङ । दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको न्यूनतम विद्युत् महसुल तिर्ने भएको छ । पालिकाले मङ्गलवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम एवं बजेटमा पालिकाबासीको न्यूनतम विद्युत् महसुल तिरिदिने घोषणा गरेको हो ।
पालिकाबासीको मागका आधारमा २० यूनिटसम्मको विद्युत महशुल पालिकाले तिर्ने भएको छ ।
‘शान्तिनगर बासीको रहरः उज्यालो शान्तिनगर’ भन्ने अभियान स्वरुप उक्त नीति ल्याएको पालिकाले जनाएको छ। शान्तिनगर गाउँपालिकाका सम्पूर्ण ग्राहकको न्यूनतम शुल्क गाउँपालिकामार्फत नेपाल विद्युत् प्राधिकरणमा रकम दाखिला गर्ने व्यवस्था मिलाउने नीतिमा समावेश गरिएको छ । यसले सबै नागरिकको उर्जामा पहुँच पुग्ने अपेक्षा लिइएको पालिकाले जनाएको छ ।