मकवानपुर। मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा रहेको खहरे खोलामा झोलेङ्गे पुल निर्माण हुने भएको छ। भिमफेदी–५ स्थित खहरे खोलामा ५१ लाख लागतमा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो।
निर्माण गर्न लागिएको पुलको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम् लामाले आइतबार शिलान्यास गरेका छन्। सङ्घीय सरकार र गाउँपालिकाको लगानी बन्ने पुलबाट भीमफेदीको दमार तथा सोलभ्ज्याङका बासिन्दालाई आवतजावतमा सजिलो हुनेछ।
एक सय १४ मिटर लम्बाइको पुल ६ महिनाभित्र निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ।