काठमाडौं। नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन्। ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर निर्माण गर्न लागिएको सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।
प्रस्ताव पेश गर्ने समय पुषको ७ गतेसम्म रहेको छ। सवारी चाप यो क्षेत्रमा बढी देखिएकाले तत्काल यो क्षेत्रको सवारी व्यवस्थापन गर्न ग्वार्को चोकमा फ्लाइओभर निर्माण गरिने विकास केन्द्रले बताएको छ। यस क्षेत्रमा फ्लाइओभर निर्माण भएपछि बढ्दो सवारी जाम र दुर्घटना न्यूनिकरण हुने आशा राखिएको छ।