काठमाडौं। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको छ ।
चीनमा परेको वर्षाको कारण आएको बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको हो ।
भन्सार कार्यालय रसुवाको यार्डमा पनि बाढीले क्षति गरेको प्रहरीले जनाएको छ ।
गोसाईंकुण्ड गाउँपालिका–२ मा रहेको ईभी गाडीको चार्जिङ स्टेसनमा पनि क्षति पुगेको छ । चार्टिङ स्टेसनमा राखिएका ७–८ वटा गाडीहरू बाढीले बगाएको छ ।