काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र नियमित विद्युत आपूर्ति व्यवस्था मिलाउनका लागि विस्तृत ग्रिड सुदृढीकरण आयोजना तयार पारेको जानकारी दिएका छन् ।
शाक्यले मंगलबार प्राधिकरणको नेतृत्व आफूले सम्हालेपछिको सय दिने प्रगति विवरण सुनाउँदै यस्तो जानकारी गराएका हुन् ।
उनले काठमाडौँ उपत्यका भित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरुमा जडान भएका फिडरहरुको सञ्चालन अवस्था स्युटाचारमा रहेको भार प्रेषण केन्द्र मार्फत २४ सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।
त्यसैगरी शाक्यले हरेक प्रादेशिकर डिभिजन कार्यालयमा एक जना अधिकृत स्तरको प्राविधिक कर्मचारीलाई जिम्मेवारी दिएर प्रादेशिकरडिभिजन कार्यालय मातहतको वितरण केन्द्रमा रहेका ३३र११ केभी सवस्टेशनहरुको नियमित निरीक्षण, मर्मत सम्भार लगायतको कार्य गरी वितरण प्रणालीलाई चुस्त दुरुस्त राख्ने कार्य अघि बढाएको जानकारी दिए ।
सबै ग्रिड महाशाखा तथा शाखाहरूमा आफू मातहतका सवस्टेशनहरुको नियमित निरीक्षण, मर्मत सम्भार लगायतको कार्य गरी प्रसारण प्रणालीलाई चुस्त दुरुस्त राख्न इन्जिनियरको व्यवस्था गरेको पनि उनले बताए ।