काठमाडौं । सांसद अच्युतप्रसाद मैनालीले गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद मैनालीले सिँचाइ सुविधाको अभावमा तराईरमधेशका खेतीयोग्य जमिन बाँझै रहने अवस्था देखिएको भन्दै गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, “यतिबेलासम्म तराईरमधेशमा ५० प्रतिशत रोपाइँ हुनुपर्नेमा ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ । यसबाट आगामी दिनमा उत्पादनमा ह्रास आउने र खाद्य अभाव हुने अवस्था सिर्जना भएको छ । तीनै तहका सरकारले समन्वय गरेर किसानका समस्या हल गर्नुपर्छ ।”
सांसद मैनालीले गण्डक सम्झौताअनुसारको पानी नपाउँदा उक्त नहर प्रणालीमा आधारित ३७ हजार हेक्टर खेतीयोग्य जमिन पर्ती अवस्थामा पुगेको बताए।