ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको युनाइटेड मेवा हाइड्रोको काम अन्तिम चरणमा पुगेको छ । हाइड्रोको काम अहिलेसम्म ९९ प्रतिशत काम सम्पन्न भएको हो ।
आयोजनाले विद्युत् गृह, सुरुङमार्ग, मुख्य टर्वाइन जडानको अन्तिम चरणको काम गरिरहेको जनाएको छ । उक्त आयोजनाबाट आगामी असोजदेखि उत्पादन सुरु गर्ने बताइएको छ ।
असोजमा उत्पादन सुरु भए जिल्लामा धेरै उत्पादन क्षमताको यो दोस्रो विद्युतगृह हुनेछ । यसअघि मध्यतमोर जलविद्युत् आयोजनाबाट ७३ मेगावाट उत्पादन सुरु भएको छ । मेवा खोलावाट उत्पादन गर्न लागिएको यो सबभन्दा ठूलो आयोजना पनि हो ।