काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनकाको बक्यौता रकम पुनरावलोकन गर्न गठन गरिएको प्रशासकीय पुनरावलोकन समितिको म्याद थप गरेको छ ।
प्राधिकरणको सञ्चालक समितिको बुधवार बसेको बैठकले पुनरावलोकन समितिको म्याद ३५ दिन थप गरेको हो ।
समितिलाई दिएको म्याद सकिएसँगै समितिको थप ३५ दिन म्याद थप गरिएको प्राधिकरणले जनाएको छ।
समितिको संयोजकमा प्राधिकरणको सञ्चालक समितिका सदस्य श्याम किशोर यादव छन्। यादव नेतृत्वको समितिले २०७९ सालदेखि चर्चामा रहेको ट्रंक तथा डेडिकेटेड लाइन बक्यौता असुलीसम्बन्धी विवादलाई पुनरावलोकन गर्नुपर्ने छ ।