काठमाडौं । अपर तमोर जलविद्युत आयोजनाको ब्यारेकमा तोडफोड भएको छ । शुक्रवार बिहान चिनियाँ कामदार राख्न बनाइएको ब्यारेकको १३ वटा झ्याल, ६ वटा ढोका, १ थान हलोजेन बत्ती लगायतका संरचनामा तोडफोड भएको हो ।
कामदार बस्ने ब्यारेकमा तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिवाबाट टोली खटाइएको थियो ।
आयोजनाविरुद्ध सङ्गर्ष गर्दै आएको समूहले तोडफोड गरेको आयोजनाले जनाएको छ । संयोजक वीरबल लिङ्खिम स्वयं पनि यसमा संलग्न रहेको आयोजनाको दाबी छ ।
सङ्गर्ष समितिले साउन ११ गतेदेखि ढुवानीका साधनमा रोक लगाउने लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएको छ । लिम्बु समुदायको मुन्धुमी स्थलमा हाइड्रोपावर नवनाउन सङ्गर्ष समिति नै बनाएर स्थानीय आन्दोलित भएका छन् ।