भोजपुर । भोजपुर रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युतको पहुँचमा जोडिएका छन् । विद्युत विस्तारको शून्य अवस्थाबाट काम सुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत जडान गरिएको हो ।
बाँकी रहेका घरमा पनि चाँडै विद्युत विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ ।
केन्द्रीय विद्युत विस्तार भएपछि वषौँदेखि टुकीबत्तिको सहायतामा रात कटाउनु पर्ने बाध्यताबाट मुक्त भएको स्थानीयबासी बताउँछन् ।
दुर्गम क्षेत्र भएपनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको उनीहरुको भनाइ छ ।