काठमाडौं । नेपाल विद्युत् प्राधिरकणको तथ्यांकअनुसार नेपालले गत आर्थिक वर्ष ०८१र८२ मा भारत र बंगलादेशमा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँबराबरको बिजुली निर्यात गरेको छ।
प्राधिकरणको तथ्यांकअनुसार नेपालबाट भारतमा १७ अर्ब १९ करोड ३२ लाख रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको हो।
त्यसैगरी गत आवमा भारतबाट नेपालमा भने १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ बराबरको विद्युत् आयात भएको छ।
वैदेशिक विद्युत् व्यापारमा नेपाल अघिल्लो आव ०८०/८१ देखि नाफामा छ। यस्तो व्यापारमा अघिल्लो आव ०८०/८१ मा नेपाल १३ करोड रुपैयाँले बचतमा गएको थियो। त्यस आवमा १६ अर्ब ९२ करोडको विद्युत् आयात हुँदा निर्यात १७ अर्ब ६ करोड रुपैयाँको थियो। त्यसअघिका आवमा भने विद्युत् व्यापारमा नेपाल घाटामा थियो।