चितवन । भरतपुर महानगरमा सात करोड ३२ लाख लागतमा १३ वटा भूमिगत जल सिँचाइ आयोजना निर्माण भएको छ । शनिवार भरतपुर महानगरपालिका–२३ आलमघाटमा आयोजित एक कार्यक्रममा निर्माण सम्पन्न भएका १३ वटै आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।
आयोजना हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेनु दाहालले भरतपुरका पश्चिमी क्षेत्रमा सिँचाइ अभावले जनिम बाँझो हुने समस्या समाधान भएको बताइन् । उनले नारायणी लिफ्ट, खगेरी सिँचाइलगायतसँगै डिप बोरिङले थप सहजता ल्याएको उल्लेख गर्दै किसानलाई आवश्यक सहयोगमा महानगर सदैव साथ रहने प्रतिवद्धता व्यक्त गरेकी छन्।
वैकल्पिक सिँचाइ अभाव भएका क्षेत्रमा सेवा पुगोस् भन्ने उद्देश्यले आयोजना निर्माण गरिएको भूमिगत जल सिँचाइ आयोजना चितवनका कार्यालय प्रमुख विश्वबन्धु केसीले बताए।