काठमाडौं । ३३ केभीए प्रसारण लाइनमा समस्या आएका कारण रुकुम पश्चिम र पूर्वमा विद्युत सेवा अवरुद्ध छ। दाङबाट सल्यान हुँदै रुकुम पश्चिमसम्म आएको प्रसारण लाइनमा समस्या आएका कारण आइतबार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको हो ।
आइतबार बिहान सल्यानको सिमखोली भन्ने ठाउँमा परेको चट्याङका कारण पोलमा असर परेपछि विद्युत सेवा अवरुद्ध भएको थियो । समस्या पहिचान भएपछि समाधान भने हुन नसक्दा दुई दिनदेखि अवरुद्ध सेवा सुचारु हुन नसकेको हो ।
दुई जिल्लामा २४ घण्टादेखि विद्युत अवरुद्ध हुँदा जनजीवनमा समस्या परेको छ ।