काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण कार्य भइरहेको छ । पाइप लाइन विस्तारको सम्पूर्ण काम सकिएर अहिले सोही पाइप लाइनबाट मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थको आयात भइरहेको हो ।
पेट्रोलियम पदार्थको परीक्षणका लागि अहिले भारतीय आयल निगमको प्राविधिक टोली फिल्डमै खटिरहेका छन् । पाइप लाइनमा कुनै समस्या देखिएको खण्डमा तत्कालै मर्मत सम्भार भइरहेको समेत पाल आयाल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।
पेट्रोलियम पाइप लाइन नेपाल आयल निगमलाई हस्तान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा पाइप लाइनको उद्घाटन गर्ने वा कसरी हस्तान्तरण गर्ने विषयमा दुवै पक्षबीच छलफल भइरहेको छ ।