सिरहा । सिरहा जिल्लाको गोलबजार नगरपालिका–२ निपनियामा निर्माण भएको डिप बोरिङको उद्घाटन भएको छ । बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरेका हुन् ।
७० लाखको लागतमा डिप बोरिङ निर्माण गरेको कमला सिँचाइ कार्यालययले जनाएको छ । साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ ।
खडेरीले रोपाइँ गर्न नपाएका किसानका लागि नवनिर्मित डिप बोरिङले ठूलो राहत दिने भएको छ । बोरिङको उद्घाटन गर्दै गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरमा छ वटा डिप बोरिङ खनेको जानकारी दिए ।