काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने ४४ दशमलव ५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ ।
एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका हुन् ।
आयोजनामा सिटिजन्स बैंकले रु दुई अर्ब ५० करोड, नवील बैंकले रु एक अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले रु एक अर्ब २० करोड, सानिमा बैंक र सिद्धार्थ बैंकले समान एक÷एक अर्ब लगानी गर्ने भएका छन् ।
सोमबार भएको द्विपक्षीय सम्झौतामा एक्पर्ट हाइड्रो इभेन्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कूल रु नौ अर्ब ६० करोड लागत रहने आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट जुटाइने छ ।