गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान एयरलायन्सले सिधा उडान गर्ने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो ।
युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी)ले आगामी असोज १२ देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ । असोज १२, १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय भइसकेको युटिटीले जनाएको छ । भुटान एयरलायन्स १२६ सिट क्षमताको हो । ट्राभल्सले चार्टर उडानका सहित ट्राभल्स प्याकेज समेत बनाएको छ । सो प्याकेज चार रात र पाँच दिनको रहेको छ ।
पोखराबाट पारो अन्तरराष्ट्रिय उडान हुने भएसँगै यसबाट आगामी दिनमा नियमित उडानको ढोका खुल्ने विश्वास लिइएको छ ।