काठमाडौं । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगरले सङ्घीय सरकारले लघु तथा साना जलविद्युतको दिगो व्यवस्थापनमा स्थानीय तहले ध्यान दिने बताएका छन् ।
राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालको ललितपुरमा आयोजित आठौँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा अध्यक्ष मगरले लघु तथा साना जलविद्युत्मा उपभोक्ता र राज्यको ठूलो लगानी रहेको भन्दै यसलाई दिगो व्यवस्थापन गर्ने कुरामा स्थानीय तहले ध्यान दिने बताएका हुन् ।
सङ्घीयतासँग जोडिएका धेरै कानुन नबनाएको कारण स्थानीय तहका एकल अधिकारका कानुन निर्माण गर्न समस्या रहेको भन्दै स्थानीय तहमा भइरहेका लघु तथा साना जलविद्युत्का सन्दर्भ छलफल र बहसकै माध्यमबाट निष्कर्षमा पुगेर काम गर्नुपर्ने अवस्था रहेको बताए ।