काठमाण्डौं। पाल्पाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ। सोमबारदेखि तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न सडक बन्द गरिएको हो।
सडक कार्यालय पाल्पाका अनुसार पुस २२ गतेसम्म सडक बन्द हुने भएको छ। हरेक दिन बिहान ९ः३० देखि दिउँसो ३ः३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ पुस १२ गतेदेखि २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले जानकारी दिए।
पहाड कटान गरी माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न सुरु गरिएको उनले बताए। पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक अवरुद्धहुँदै आएको थियो। सडकलाई चौडागरी स्तरोन्नती गरेपछि यस्ता समस्याबाट बच्न सकिने स्थानीयले विश्वास गरेका छन्।