काठमाडौं । जेनजीका नाममा एक समूहलाई अपर भोटेकोसी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर सित्तैमा दिने सहमति भएको छ। भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नामको उक्त समूहले आयोजनालाई दबाब दिँदै १० प्रतिशत शेयर सित्तैमा लिएको हो ।
जेन–जी आन्दोलनपछि उक्त समूहले शेयर माग्दै आयोजनाको कामकाज एक महिनादेखि बन्द गराएको थियो । आइतबार भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत शेयर लेन–देनमा सम्झौता भएसँगै आयोजना सञ्चालनमा आएको छ ।
सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन् ।
यसअघि नै राजनीतिक दलका प्रतिनिधिसमेतको रोहबरमा आयोजनाले स्थानीयलाई ६ प्रतिशत शेयर दिने सम्झौता भएको थियो । सोही शेयरमा ४ प्रतिशत बढाई १० प्रतिशत कायम गरिने सहमतिपत्रमा उल्लेख छ।