काठमाडौं। बाँकेको सोनपुर गाविस र तिथरिया गाविसमा जोडने घोघाहवा नाला माथि पाइल फाउन्डेसनसहितको आरसीसी पुल निर्माण हुने भएको छ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सडक विभाग नेपालगञ्जले सो पुल निर्माण कार्य गर्ने भएको छ।
जिल्लाको सोनपुर गाविस र तिथरिया गाविस जोड्ने २५ मिटर लामो पुल निर्माण हुने भएको हो। सो पुल निर्माणको लागि सडक विभागले ठेक्का आह्वान समेत गरिसकेको छ। पुल नहुँदा सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको थियो। तर अब पुल निर्माण भएपछि सहज हुने स्थानीयको आशा रहेको छ। स्थानीय क्षेत्रमा नै आरसीसी पुल निर्माण हुने भएपछि स्थानीयमा आशा पलाएको छ।
उक्त पुल निर्माणले त्यस क्षेत्रको पूर्वाधार विकासमा पनि टेवा पुर्याउने छ। घोघाहवा नाला माथि लामो समयदेखि पुल नहुँदा स्थानीयवासी र यात्रुहरुले समस्या भोग्दै आएका थिए। यातयातको साधन चढनलाई पनि गाउँ भन्दा धेरै टाढा जानु परेको थियो। अब स्थानीय क्षेत्रमा नै ढलान पुल निर्माण भएपछि जिल्लाका सोनपुर र तिथरिया गाविस पनि यातायात सञ्जालसँग जोडिने भएका छन्।