काठमाडौं। विकास तथा प्रविधि समितिले दार्चुला–टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरि समस्या समाधान गर्ने वातावरण बनाउन निर्देशन दिएको छ। समितिले सरकारलाई निर्देशन दिएको हो।
प्रतिनिधिसभा अन्तर्गतको शुक्रबार बसेको विकास तथा प्रविधि समितिले भारतीय पक्षसँग छलफल गरि समस्या समाधान गर्ने वातावरण बनाउन निर्देशन दिएको छ। समितिले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालु आर्थिक वर्षभित्र लागू हुने गरी जोखिम भत्ताको व्यवस्था गर्न समेत सरकारलाई निर्देशन दिएको छ।
उक्त सडकखण्डको रेखांकन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ढुङ्गाको चट्टान फोर्दा ढुङ्गाका टुक्राहरु सिमापारी जाने गर्दछन्, जसले गर्दा समय समयमा भारतीय पक्षले काम अगाडि बढाउन अवरोध गरेको बताइएको छ।
अवरोधले काममा समस्या भएकाले भारतीय पक्षसँग समन्वय गरी काम गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको हो।