काठमाडौं। गण्डकीका दुई सडकमा सुरुङ मार्ग बनाउन सम्भाव्यता अध्ययन गरिने भएको छ। बागलुङ र कास्कीदेखि स्याङ्जा जोड्ने सडकमा सडक विभागले सुरुङमार्ग बनाउने निर्णय गरेको हो।
बागलुङको बागलुङ बजारदेखि विहुँ हुँदै नरेठाँटी जोड्ने र कास्कीको फुस्रेखोलादेखि स्याङ्जा–गुडीखुला सुरुङका लागि अध्ययन गर्न लागिएको हो। यसका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटको आशयपत्र माग गरिएको छ। बिहीबार सूचना निकालेर आशयपत्र माग गरिएको हो।