पाल्पा। तानसेन–तम्घास सडकखण्ड मर्मतका लागि पुनः बन्द हुने भएको छ। पुषको २२ गतेसम्म सडक मर्मत तथा चट्टान काट्नका लागि सवारी आवागमन बन्द भएको हो।
सडक डिभिजन कार्यालय पाल्पाकाका अनुसार उक्त सडक खण्डको जोर्ते क्षेत्रमा सडक विस्तारका लागि प्रत्यक दिन बिहान ९ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म पूर्ण रुपमा सावारी आवतजावत बन्द गरेर काम गरिने छ।
यसअघि १५ दिनसम्म सवारी रोकेर काम गर्दा पुर्ण रुपमा काम सम्पन्न नभएकोले गर्दा थप कार्य गर्नुपर्ने भएकोले दश दिनका लागि सडक बन्द गरी काम गर्न सुरु गरिएको हो। पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटनाको जोखिम रहेको हुँदा सडक विस्तारको कार्य गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ।