काठमाडौं। बेमौसमी वर्षाले रुपन्देहीका इट्टा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इट्टा नष्ट भएको छ। गत बुधबार आएको वर्षाले रुपन्देहीका ५२ वटा इट्टा उद्योगका आठ करोड मूल्य बराबरको इँटा गलेर नष्ट भएको हो।
रुपन्देहीमा हाल सञ्चालनमा रहेका ४७ वटा उद्योगमा रहेका तीन करोड २५ लाख गोटा इँटा नष्ट भएको उद्योगीहरूले बताएका छन्। वर्षाका कारणले गलेर इट्टा नष्ट हुँदा अहिले मात्रै आठ करोड रुपैयाँ भन्दा बढीको नोक्सानी इट्टा व्यवसायीहरूलाई भएको प्रारम्भिक अनुमान गरिएको इट्टा व्यवसायी संघ लुम्बिनीले जनाएको छ।
बेमौसमी वर्षाका कारण काँचो इट्टा गलेर नष्ट भए पनि बजारमा इट्टाको अभाव हुन नदिन आफूहरू लागि परेको इट्टा व्यवसायी संघ लुम्बिनीको भनाई रहेको छ।
बेमौसमी वर्षाका कारण सबैभन्दा बढी दर्लमकाली इट्टा उद्योग धकधईमा नोक्सानी पुर्याएको छ। त्यस्तै गरी प्रकाश इट्टा, सिद्धार्थ इट्टा, हिरा इट्टा, एलबी इट्टा लगायतमा धेरै नोक्सानी भएको छ।