काठमाडौं। विश्वविधालयको अनुदान आयोगको वित्तिय सहयोगमा नेपाल इन्जिनियर कलेजमा आइतबारदेखि ४ दिने शोध तालिमको सुरुवात भएको छ। उक्त तालिम कार्यक्रममा नेपाल, भारत, चीन, नाइजेरीया, साउदी अरेबिया गरी ५ देशका शोधकर्ता तथा ७७ जना विधार्थीले भाग लिएका छन्। कोभिड महामारीलाई मध्यनजर गरी भौतिक रुपमा उपस्थित भई तालिम लिने प्रशिक्षार्थीलाई सामाजिक दुरी कायम गर्ने व्यवस्था मिलाइएको छ भने केहिलाई अनलाइनबाट नै तालिम लिने व्यवस्था मिलाइएमको छ।
उक्त तालिम त्रिभुवन विश्वविधालय, काठमाडौं विश्वविधालय, सिक्किम विश्वविधलय, नेपाल इन्जिनियरिङ पोखरा विश्वविधालय, सिक्किम मनिपाल विश्वविधालय, युनाइटेड अरब इमिरेट्स विश्वविधालय गरी सात वटा शैक्षिक संस्थाका विज्ञहरुले दिनेछन्।
तालिम लिनेहरुले लेखन तथा प्रकाशन, बौद्धिक सम्पतिको सुरक्षा जस्ता उपयोगि विषयवस्तु भएको कारणले गर्दा तालिमको अन्तमा शोध प्रस्तावको मस्यौदा तयार पार्नुपर्ने भएकोले तालिम प्रभावकारी हुने विश्वास रहेको छ। उक्त कार्यक्रममा विभिन्न देशका संस्थाहरु समावेश भएको कारणले गर्दा भविश्यमा ती संस्थाहरुविच आपसी समझदारीको संयुक्त शोध कार्यक्रम सञ्चालनको सम्भावना अभिबृद्धि हुने कुराको पनि अपेक्षा गरिएको छ।