बाजुरा। साँफे–मार्तडी लोकमार्ग बाढीपहिरोको कारण पुर्ण रुपमा अवरुद्ध भएपछि बाजुराका बासीन्दालाई खाद्यान्नको अभाव हुन थालेको छ। लगातार वर्षाको कारणले बाजुराको सडक पहिरोमा परीणत भएको छ। त्यसैले गर्दा आवश्यक सामान ढुवानीमा समस्या हुन गई खाद्यान्नको अभाव भएको हो।
सदरमुकाममा रहेको खाद्य संस्थान तथा कोल्टी डिपोमा चामल सकिएको एक महिना भैइसकेको भएता पनि सडक अवरुद्ध भएको कारणले गर्दा खाद्यान्न ढुवानी हुन सकेको छैन्। बाढीपहिरोको कारणले धनजनको क्षती व्यहोर्नु परेको बाजुराबासीहरु खाद्यान्न अभाव हुँदा निकै आक्रोशित भएका छन्। खाद्यान्न डिपोमा चामल लिन जाँदा चामल सकिएको भनेर रित्तो हात फर्काइदिन्छ, बजारमा चामल छ तर धेरै मँहगो छ। त्यसैले गर्दा त्यहाँको बासीन्दाहरु आक्रोशित भएका हुन्।
गाउँमा सडक पुगेकाले खाद्यान्नमा समस्या नहुने आशामा रहेका बाजुराबासी सडक अवरुद्धको कारणले गर्दा सदाको वर्षजस्तै यो वर्ष पनि मँहगो मुल्य तिरेर खाद्यान्न ढुवानी गर्न बाँध्य रहेका छन्। बाजुराको दुईवटै खाद्य संस्थामा त्यहाँको बासीन्दाको लागि हैन कारागारको लागि मात्र चामल रहेको कुरा खाध व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाले जनाएको छ। बजुरामा रहेका राजनीतिक दल, नागरीक समाज, जिम्मेवारवालाले सडक अवरुद्ध हुँदा पनि कुनै चासो राखेको छैन्।
वर्षातको समयमा बाटोको भर नहुने भएको कारणले गर्दा खाद्य संस्थानलाई वैशाखमा नै चामल ढुवानी गर्न आदेश दिएपछि अहिलेसम्म खाद्यान्न पुगेको कारणले गर्दा अहिलेसम्म खाद्यान्न पुगेको कुरा जिल्ला अधिकारीले जनाएका छन्। सदरमुकामको मार्तडी शाखामा चामल सकिएको एक हप्ता भएको भएपनि कोल्टी डिपोमा चामल सकिएको एक महिना भैसकेको छ।