रुकुम। रुकुम पश्चिम अन्र्तगत ढाँरेगैराको सडकखण्डको जमिन प्रत्यक वर्ष भासिँदा यात्रुहरुले वर्षेनि सास्ती झेल्दै यात्रा गर्नुपर्ने बाँध्यता रहेको छ। सडक भासिँदा वर्षामा हिलो र हिउँदमा धुलो बेहोर्नु पर्दछ। वर्षातको समयमा सडकमा पहिरो खसि सडक हिलाम्य हुँदा घण्टौंसम्म गाडी फस्ने गर्दछ सडक भासिएर फसेको गाडी डोजर लगाएर निकाल्नु पर्ने बाँध्यता रहेको छ।
जमिन भासिएर सडक वर्षेनि विग्रिएपनि यसप्रति कसैले चासो देखाएका छैनन्। उक्त सडकको विकल्प खोज्नुपर्ने स्थानीयको भनाई रहेको छ। सडक निर्माणको लागि विकल्प खोजिएको तर संभव नभएको कुरा गाउँपालिकाले जनाएको छ।
उक्त क्षेत्रको सडक बनाउनको लागि वातावरणीय अध्ययन तथा प्रविधिक अध्ययन गर्दा पनि अरु ठाउँमा पनि उस्तै समस्या देखिएको कारणलेगर्दा सडक निर्माण गर्न समस्या भएको हो। दुई वर्ष अगाडी नै हरेक वर्ष भासिने सडकलाई मर्मत तथा नयाँ सडक निर्माणको लागि विकल्प खोज्न अनुगमन गरेको भएता पनि अहिलेसम्म पनि कुनै विकल्प निकाल्न सकिएको छैन्।