काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायवप्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा वैद्य नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त भएकी हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएपनि हालसम्म सो प्रक्रिया सम्पन्न हुन नसक्दा वैद्यलाई नै सो पदको जिम्मेवारी दिइएको हो।
टेलिकमले विज्ञप्ति जारी गर्दै भनेको छ ‘आइतबारको पत्रानुसार मन्त्रालयको (सचिवस्तरको) निर्णयानुसार वैद्यलाई निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।’
वैद्यले सोमबारदेखि नै निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेको टेलिकमले जनाएको छ।