काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा धादिङको थाक्रे गाउँपालिका–१ र गल्छी गाउँपालिका–८ को सीमावर्ती महेशखोलामाथि पक्की मोटरेबल पुलको बुधबार एक समारोहबीच शिलान्यास गरेका छन्।
खयरघारी सीमपानी सडक पुल निर्माणको ठेक्का हिम सगरमाथा ज्वालामुखी जेभीले पाएको छ। सो कम्पनीले ४ करोड ७६ लाख ६८ हजार ९ सय ९४ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको बताइएको छ। आगामी वर्ष २०७९ साल माघ १६ गतेभित्र पुल निर्माण सक्नुपर्ने सम्झौता गरिएको छ। ३० मिटर लामो उक्त पुलमा फुटपाथ लगायतका संरचनासमेत निर्माण हुने जनाइएको छ।