काठमाडौं। धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगले आजदेखि परीक्षण उत्पादन थालेको छ। उद्योगले पहिलो चरणमा क्लिंकर र बिस्तारै सिमेन्ट उत्पादन शुरु गर्ने भएको हो।
हरेक दिन उत्पादन हुने क्लिंकर र सिमेन्टको गुणस्तर उद्योगको प्राविधिक र सरकारी टोलीले परीक्षण गर्दै जाने उद्योगले जनाएको छ। बढीमा दुई महिनामा उद्योगबाट व्यवसायीक सिमेन्ट उत्पादन शुरु हुने कम्पनीले जानकारी दिएको छ।
हुवासिन सिमेन्ट नेपालले ओपीसी र पीपीसी गरेर दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ।