तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीति एकअर्काका परिपूरक हुने बताएका छन्।
ऋषि गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नेता पौडेलले विकास र राजनीतिलाई सँगसँगै लिएर अघि बढ्नु पर्ने बताएका हुन्।
विकासका क्षेत्रमा पछि परेका ऋषिङमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै उनले हिजो आफूहरुले विकास निर्माणको सुरुआत गरेको र आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको दाबी गरे। उनले गाउँपालिकाले खेलकुदका माध्यमबाट सिङ्गो गाउँपालिका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न चालेको कदम सकारात्मक रहेको समेत बताए।
नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको सम्वद्र्धनका लागि राज्यले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिए।