रौतहट। रौतहटमा निर्माणाधिन रेलवे ट्रयाकबेडमा कमसल सामाग्री प्रयोग भइरहेको स्थानीयले आरोप लगाएका छन्। पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड अन्तर्गत रौतहटमा निर्माणाधिन रेलवे ट्रयाकबेडमा कमसल सामाग्री प्रयोग भएको स्थानीयले आरोप लगाएका हुन्।
स्थानीयका अनुसार मिक्स ग्य्राबेल र माटो राखेर १५ सेन्टिमिटरमा रोलिङ्ग गर्नुपर्नेमा निर्माण कम्पनीले पाँगो बालुवा राखेर रेलवे ट्रयाकबेड बनाएको छ। लामा गोल्डनगुड बिरुवा जेभिले ठेक्का पाएर निर्माण कार्य गरिरहेको छ।
हाल निमार्ण भइरहेको रेलवेको माटो पुर्ने काम, ब्यांकेटिंग, लिक निर्माण, पर्खाल तथा कलभर्टमा निर्माण सम्झौता विपरित काम भइरहेको बताइएको छ।
रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बर्दिबास खण्ड साइट कार्यालयले निर्माण कम्पनीले गुणस्तरहीन सामाग्री प्रयोग गरेको पाइएपछि हटाएर पुन सम्झौता अनुरूप राख्न निर्देशन दिएको बताइएको छ।