काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबिखोला करिडोरको अनुगमन गरेकी छन्।
मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिको टोलीले बिहीबार बिहान करिडोरको अनुगमन गरेको हो।
बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गर्दै मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिइन्।
उनले भनिन्, ‘करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केही दिनमा पुनः अनुगमनमा आउँछु।’ ।
मन्त्री झाँक्रीको निर्देशनपछि उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिका प्रतिनिधिले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताए।