काठमाडौं। काठमाडौंबाट पोखराका लागि हिजो उडेको गुण एयरलाइन्सको जहाजमा ढोका नलागेपछि काठमाडौं फर्काइएको छ। जहाजमा प्राविधिक गडबडी देखिएपछि तत्कालै काठमाडौं विमानस्थलमा अवतरण गराइएको हो।
जहाज उडेको पाँच मिनेटमै ढोका नलागेको जानकारी प्राप्त हुनासाथ विमानस्थलमै फिर्ता गरिएको विमानस्थलले जनाएको छ। उडिरहेको जहाजको ढोका नलागेपछि यात्रुलाई जोखिमबाट बचाउन तत्काल काठमाडौं अवतरण गराएको हो।
सो जहाजको हिजो बिहान करीब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो। तर डिले भएर करीब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो।