काठमाडौं। तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको केन्द्रमा रहेको शुक्रबारे बजार क्षेत्रमा सडक निर्माणमा समस्या भएको छ। यस सडकमा पर्ने घर–टहरा नहटाउँदा निर्माणमा समस्या भएको हो।
निर्माण कम्पनीका अनुसार पुस महिनाको पहिलो साता मै सडक क्षेत्रमा पर्ने घरको पेटी, बरन्डा तथा टहराहरू हटाउन सम्बन्धित घरवालालाई जानकारी गराएको थियो।
केही धनीले सडक क्षेत्रमा रहेको घरपेटी, बरन्डा र टहरा नहटाएका कारण निर्माण कार्यमा समस्या छ, भने बजार क्षेत्रमा निरन्तर काम भइरहेको छ।
स्थानीय सरकार सँग समन्वयन गरी हटाउन अनुरोध गरिएको र यदि नहटाएमा सडकको मापदण्ड अनुसार काम गर्ने निर्माण कम्पनीले जनाएको छ।