बाजुरा। मार्तडी-कोल्टी सडकखण्ड अन्तर्गत बडिमालिका नगरपालिका–७ को चुथीदेखि ढम्कनेसम्मको सडक निर्माणको काम अझै सुरु भएको छैन। कामको जिम्मा पाएको निर्माण कम्पनीले अझै सडक निर्माणको कार्य सुरु गरेको छैन।
सडक निर्माणको कार्य सुरु नहुँदा यातायातका सवारी साधनहरु हात र डोरी लगाएर तान्नुपर्ने अवस्था छ। सडक र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले बताएका छन्। चुथि देखी ढम्कने सम्मको सडकको एक दुई ठाँउमा गाडी तानेर सवार गर्नुपर्ने बाध्यता रहेको छ।
चुथि देखी ढम्कने सम्मको ५ किलोमिटर सडकको जिम्मा लिएको बाँनिया इश्वशेर जेवि कम्पनीले काममा ढिलाई गर्दा समस्यामा भएको जनाइएको छ। स्थानीय हिलोको प्रबाह नगरि पैदल गरिरहेका छन भने यातायातका साधानहरूलाइ कालोपत्रे गर्नुको साटो सामान्य यातायात सम्म सडक नबन्दा सास्ति भोग्नू परेको छ।
जिल्ला प्रशासन कार्यालय बाजुराले सडक निर्माण गर्न पटक पटक ठेकेदार र आयोजना कार्यलयलाई ताकेता गरेको भए पनि ठेकेदारले वेवास्ता गरेको बताएको छ। उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको छ।