मनाङ। हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प भएका छन्।। निर्माणको कार्य सुरु गरेका विकासका योजना हिमपात र चिसोका कारण रोकिएका हुन्।
१ गत असारको भीषण बाढीपहिरोका कारण क्षतिग्रस्त पुल, सडकलगायत संरचना निर्माण कार्य हिमपातका कारण सामान ढुवानी नहुँदा रोकिएका छन्। बाढीपहिरोले भत्किएका सडक र पुल निर्माणलाई तीव्र बनाउनुपर्ने समयमा चिसो बढेपछि हिमपातका कारण विकास निर्माणको काम प्रभावित भएको हो।
हिमपातका कारण विकास निर्माणमा आवश्यक सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन्। विगतका वर्षहरूको तुलनामा यस वर्ष मनाङमा बाढीपहिरोले भौतिक संरचनामा क्षति धेरै पुर्यामएको छ। बाढीपहिरोले क्षति पुर्यागएका भौतिक संरचना निर्माणको कामसमेत अलपत्र अवस्थामा छन्।