काठमाडौं। पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिकाको चापघाट देखि थर्पु सडक खण्डमा रुखहरु काटिएका छन्। तनहुँ, राजमार्ग फराकिलो बनाउने प्रक्रिया अघि बढेसँगै रुख कटान शुरु गरिएको हो।
यस अघि सडक बिस्तार शुरु गर्नका लागि तनहुँ खण्डमा लगभग ६ हजार को हाराहारीमा रूख काट्नुपरेको थियो। चार लेन बिस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको आयोजनाले जानकारी दिएको छ।
आयोजनाका अनुसार खैरेनीटारदेखि दुलेगौडासम्म, कोत्रे बजार क्षेत्र र गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने बताइएको छ।