काठमाडौं। माघ २ गते काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा आएको समस्याबारे छानविन गर्न सरकारले कार्यदल गठन गरेको छ।
उक्त विषयमा छानविन गरी तीन दिन भित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन भएको हो। कार्यदलको संयोजक क्या. दधिराम निरौला तोकिएको छ। उनी नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक हुन्।
समितिको सदस्यमा नसिव आचार्य (इलेक्ट्रोनिकल इन्जिनियर।पर्यटन मन्त्रालय), सावित्री श्रेष्ठ राई (क्याविन क्रु निरीक्षक।प्राधिकरण) र सदस्य सचिवमा रितेशराज पन्त (पर्यटन मन्त्रालय) तोकिएको छ।
कार्यदलले गुण एयरलाइन्सको वायुयानमा प्राविधिक गडबडी भई आकाशमै ढोका खुलेको घटनाबारे छानविन गरी सत्य सथ्य पत्ता लगाई अब आउने दिनमा यस्ता घटना दोहोरिन नदिन चाल्नुपर्ने कदमका सम्बन्धमा सुझाव समेत दिने भएको छ।