काठमाडौं। भेरी करिडोर अन्तर्गत दुनै मरिम्ला सडक निर्माणका लागि अर्थमन्त्रालयले थप बजेटका लागि सहमति दिएको छ। उपल्लो डोल्पाका थप बजेट लागि अर्थमन्त्रालयले सहमति दिएको हो।
एक अर्ब २० करोड बजेट निर्माणका लागि सडक डिभिजन चौरजहारीमा पुगिसकेको सडक डिभिजन चौरजहारीले बताएको छ। बाँकी दुई अर्ब १५ करोड रुपैयाँ अर्थमन्त्रालयले सडकको लागि सहमति दिएको छ। भेरी करिडोर अन्तर्गतको यो सडक भारतको रुपैडिया जमुना नाकादेखि डोल्पाको धो मोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्न त्रिदेशीय मार्गको रुपमा रहेको छ।
भेरी करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ। डोल्पा जडिबुटीको भण्डार भएकोले भेरी करिडोर अर्थात त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेश लगायत देशकै समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ।