काठमाडौं। सिन्धुुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ को घोर्थली हुँदै दोलखामा अवस्थित कालिञ्चोक जोड्ने ३० किलोमिटर सडक निर्माण भएको छ। जिल्लाको दुर्गम मानिने घोर्थली गाउँबाट कुरि बजारसम्म पर्यटकीय सडक जोडिएको हो।
प्रदेश सरकारको सुरुवाति ४० लाख रुपैयाँ बजेटमा उक्त सडक निर्माण भएको हो।
पर्यटन प्रवद्र्धनका लागि घोर्थली–कालिञ्चोक सडकले जोडेपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरका स्थानीय खुसि भएका छन्। उक्त सडकले सिन्धु र दोलखा दुई जिल्लालाई मात्र होइन सो सडकले आन्तरिक र बाह्य पर्यटकलाई पनि आकर्षित गर्नेछ।
उक्त सडकलाई दीर्घकालीन रूपमा प्रयोग गरी यसको संरक्षण गर्नसके पर्यटकलाई कालिञ्चोक पुग्न छिटो र कम समय लाग्ने स्थानीयले बताए।