चितवन। सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुक्खा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि सवारी साधनहरु र तिनमा सवार यात्रु बीच बाटोमै अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम भइरहेको भएतापनी पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन समय लाग्ने भएको छ।