गोरखा। जिल्लाको गोरखा नगरपालिका–१३ अवुवामा रहेको लुदीखोलामा नदीजन्य पदार्थ उत्खननको काम तत्काललाई रोकिएको छ। दोभान क्षेत्रमा घाट मासिने गरी भइरहेको नदीजन्य पदार्थको उत्खनन कार्य नगरपालिकाले तत्कालका लागि रोकेको हो।
दाहसंस्कार गर्ने परम्परागत घाट मासिने गरी भएको उत्खननबारे समाचार प्रकाशित भएपछि नगरपालिकाले उत्खनन कार्य रोक्न लगाएको हो ।
घाट क्षेत्रमा ठेक्का लगाएको भन्दै स्थानीयले विरोध समेत जनाउदै आएका छन्। बिहीवार उत्खनन क्षेत्रमा पुगेर उनीहरुले काम रोकिदिएका थिए ।
शुक्रवार बैठक बसेर आगामी दिनमा उक्त क्षेत्रमा उत्खनन गर्न नदिने निर्णय उनीहरुले गरेका छन् । सो क्षेत्रमा उत्खनन कार्य गरेमा जनप्रतिनिधी नै जिम्मेवार हुने भन्दै वडा कार्यालयलाई निवदेन समेत बुझाएको स्थानीयले बताए।